काठमाडौं। यही चैत्र ५ गते रमेश कर्पले, आफ्नो संस्थापक ब्यक्तित्व स्वर्गीय रमेश गुप्ताको स्मृति तथा जन्मजयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको रुपमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो।
हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय रमेश गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभुत बिस्वासलाई प्रतिम्बिबितगर्ने गरि उहाँको संस्था र विचारलाई सम्पदा जस्तो गरि बिकाशगर्ने महान सोचको सम्झनागर्दै यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ।
यस वर्ष, चौथो स्थापक दिवस, काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम रमेश कोर्पका ६ आधारभूतमूल्यहरूः निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै मनाइएको थियो।
कार्यक्रमकै अवसरमा कम्पनीका अमुल्य कर्मचारीहरुको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो र जसले कम्पनीको मुल्यमान्यता र संस्कारलाई जिवित राख्न मद्धत गरेको कम्पनीले जनाएको छ।
कार्यक्रमको क्रममा, कम्पनी संग लामो समयसम्म संलग्नभएका सबै कर्मचारीहरुलाई, उनीहरूको समर्पण र कार्यसम्पादनको लागि सम्मानगरिएको थियो, जसले यस कम्पनीको मूल सिद्धान्तहरूलाई समर्थन गर्ने संस्कृतिलाई मन्यता दिईएका थिए।
नेपालको प्रतिष्ठित व्यवसायीक संस्थाहरु मध्ये एक रमेश कर्पले दिगो विकास, सामाजिक उत्तरदायित्व र सहभागीता र उत्कृष्टतालाई संस्कारको रुपमाबिकास गर्दै आएको छ। वृक्षारोपण कार्यक्रमतथाकर्मचारीको उचितमुल्याङ्कन र सम्मान जस्ता कार्यक्रमले रमेश कर्पले आफ्नो वातावरण र समाजप्रतिको दायित्वबोध लाई निरन्तरतादिदै आएको छ।