ईकोनोमिक खबर,काठमाडौं। ह्वावेले यसवर्षको सीड्स फर द फ्युचर सबै ICT- सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा गरेको छ। कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८मा सुरुभएको थियो।
त्यस लगायत १३० भन्दाबढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भागलिएका छन्। यसवर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ।
प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिनुभएको GPA, प्रेरणापत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीहरू छनोट भएका थिए।
नेपालबाट छनोट भएका ७ विद्यार्थीहरू:
1) निर्माण खड्का (काठमाडौं विश्वविध्यालय)
2) बंशज पौडेल (मदनभण्डारी मेमोरियल कलेज)
3) जतिन भुसाल (ख्वप ईन्जिनियरिङ कलेज)
4) रीया बैद्य (पुल्चोक क्याम्पस)
5) नदिका पौडेल (पुल्चोक क्याम्पस)
6) प्रज्ञा मल्लिक (काठमाडौं विश्वविध्यालय)
7) अन्जु तामाङ् (अमृतसाइन्सक्याम्पस)
जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको क्ष्ऋत् उद्योगमा इन्साइट प्राप्तगरे। विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर ब्यापार सम्बन्धी कक्षाहरू लिए, डिशहोमका कार्यालयहरूमा गए रँत्त्ज् इन्टरनेटले कसरी कामगर्छ भन्नेकुरा सिकेर काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ वर्कशपमा भागलिए। युनेस्कोले संगठनको “त्जभ ल्भहत छण्” अभियानको एकहिस्साको रुपमा विद्यार्र्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ।
विद्यार्र्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए जहाँ उनीहरूले मेटाभर्स, छन्, ब्क्ष्, क्लाउडकम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए र छन् का व्यावहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्र्थीहरूसँग क्रस(कल्चुरल शिक्षामा पनि सहभागि भएकाथिए।
उनीहरूले“त्भअजद्धन्ययम”प्रतियोगितामा भागलिए जहाँ उनीहरूलाई रीयल(वल्र्ड वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो। क्लाउड, ब्क्ष्र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान(स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे।
अगस्ट २९(सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित त्भअजद्धन्ययम एक्सेलेटर क्याम्पमा सहभागी हुन २४मध्ये ७ विजेताटोली मध्ये टिम नेपाल एक थियो। सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे। उनीहरूले आफूलाई तोकिएको सल्लाहकार सँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिकिंगको बारेमा पनि सिके। उनीहरू आफ्नो विचार सुधार गर्न सक्षम भए र यसलाई कसरी लगानीकर्ताहरूमाझ ल्याउने भनेर सिके। विद्यार्थीहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्ुवावे(निर्मित बेस स्टेशनको पनि भ्रमण गरेकाथिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले समापन समारोहमा सहभागी हुनपाएकोमा र प्रतिभाशाली विद्यार्थीलाई भेट्न पाएकोमा खुशी व्यक्तगर्नुभयो। उहाँले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्र्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।
छनोट समितिका सदस्यहरूले थाइल्यान्डमा विद्यार्र्थीहरूको उपलब्धिमा गर्व व्यक्तगर्नुभयो। प्रा. डा. शशिधरराम जोशीले सीड्स फर द फ्युचर कार्यक्रममा छनोट भएकोमा विद्यार्थीहरुलार्इ बधाईदिनुभयो। थाइल्यान्ड र सिङ्गापुरमा भएको ज्ञान आदान प्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्नसक्ने उहाँले आशा व्यक्तगर्नुभयो।
प्रा.तिमिला यामी थापा ले सीड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताउनुभयो।
प्रा.डा.सुवर्ण शाक्यले सीड्स फर द फ्युचर जस्ता ऋक्च् कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद व्यक्तगर्नुभयो। “मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरू सँग पनि काम गर्नेछ,”उहाँले भन्नुभयो।
नेपाल सरकारको ई(गभर्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत इर्.िदपेश विष्टले यति सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउनु विद्यार्र्थीहरु भाग्यमानी भएको बताउनु भयो। “यस्तो कार्यक्रम १५ वर्ष पहिले सुरु भएको भए म सहभागी हुनेथिए। यो देशलाई अझ राम्रो बनाउन प्रयास गरेकोमा म ह्वावेलाई धन्यवाद दिनचाहन्छु,” उहाँले भन्नुभयो।
ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेल ेप्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताउनुभयो।