एफएओ नेपालले मधेश प्रदेश, जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवद्र्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरुप कार्यालय मार्फत मधेस प्रदेशका जिल्लामा कार्य संचालनमा सहयोग गर्दछ।
एफएओको भूटान र नेपालका प्रमुख केन शिमिजु र मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घघाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि,संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिती रहेको थियो । सो अवसरमा आयोजित कार्यक्रममा मधेश प्रदेशमा दिगो कृषि तथा ग्रामीण विकास प्रवद्र्धनका अवसर बारे छलफल भएको थियो।
कार्यक्रममा बोल्दै एफएओका भूटान र नेपालका प्रमुख केन शिमिजुले प्रदेशको भूमि व्यवस्था, कृषितथा सहकारी मन्त्रालयलाई आधार व्यक्त गर्दै मधेश प्रदेशमा सञ्चालन परियोजनाहरुको कार्यान्वयनमा तिव्रता दिने बताउनुभायो । उहाँले एफ ए ओ नेपालको प्राथमिकतामा समुदाय सशक्तिकरण, स्थानीय कृषि अभ्यास सुधार, र समाजमा सकारात्मक परिवर्तन ल्याउने दिगो समाधानको प्रवद्र्धन गर्दै कृषि र प्राकृतिक स्रोत व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । एफएओ, सम्बन्धित मन्त्रालय र स्थानीय अधिकारीहरूलाई एकीकृत गर्दै खाद्य सुरक्षा, ग्रामीण विकास र दिगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न, जीविकोपार्जन सुधार गर्न र समावेशी प्रगतिलाई अघि बढाउन सहकार्यको केन्द्रका रूपमा कार्य गर्नेछ।
कार्यक्रममा आफ्नो धारणा राख्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले एफ ए ओलाई शुभकामना दिदै मधेश प्रदेशमा संचालन गरेका कार्यक्रम कार्यान्वयनमा सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । एफएओको यो क्षेत्रमा पहिले नै बलियो उपस्थिति रहेको र प्रादेशिक कार्यालयको उद्घघाटनसँगै यसको प्रभाव अझ बढ्ने विश्वास लिएको बताउनुभयो।
कर्यक्रममा मन्त्रालयका सचिव डा. विनय कुमार कर्णले प्रदेशको कृषि परिदृश्यबारे प्रस्तुति दिँदै मुख्य चुनौतीहरू र सम्भावित समाधानहरूबारे प्रकाश पार्नुभयो। उहाँले कृषि क्षेत्रमा सुधार र रुपान्तरणमा एफएओ नेपालले मन्त्रालयसग गर्न सक्ने साझेदारीका विषयमा जानकारी दिनुभयो ।
एफएओको मधेश प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुले स्थानीय समुदायहरूसँगको सहकार्यलाई बलियो बनाउँदै, कार्यक्रमको प्रभावकारी ढंगले कार्यान्वयनम जोड दिएको छ ।