काठमाण्डौ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम मध्ये आज अन्तिम दिन राष्ट्रिय कृषक समुह महासंघको केन्द्रिय कार्यालयमा कृषक, विषयविज्ञ ब्यक्तित्वको विच पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता संरक्षणमा साना किसानको भुमिका विषयकअन्तरकृया कार्यक्रम आज सम्पन्न भयो।
राष्ट्रिय कृषक समुह महासंघको कार्यालयमा आयोजित अन्तरकृया कार्यक्रममा काठमाण्डौ, ललितपर र भक्तपुर क्षेत्रका किसान, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका भगवति आचार्य, राष्ट्रिय कृषक समुह महासंघका सल्लाहकार छविलाल पौडेल, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठको अध्यक्षतामा हाल कृषकका समस्याहरु र कुषिवालिमा परेका असरहरुलाई समाधान गर्ने विषयमा छलफल भएको थियो।
यी सवैका लागि वनस्पति जातीय संरक्षण र किसान हकहित संरक्षण तथा भौगोलिक संकेत र वौध्दिक अधिकार प्राप्तिका लागि कानूनी व्यवस्था गर्ने तथा तीनै तहको समन्वयमा कृषि जैविक विविधताको संरक्षण र सम्बद्र्वनमा यस संघको प्रमुख दायीतत्व रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका कृषि अधिकृत भगवति आचार्यले बताउनु भयो। संघका बजेट तथा कार्यक्रमहरु अहिले सबै प्रदेश र स्थानिय पालिकाहरु गएका हुनाले यस केन्द्रमा तिनैतहमा समन्वयको भुमिका रहेको बताउनु भयो।
रैथानेवाली र वस्तुको उत्पादन वृध्दि सहित उपभोक्ताहरुमा रैथाने बालीको पोषणको महत्वबारे लगायतका कार्यक्रमहरुको सञ्चालन भइरहको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका भगवति आचार्यले बताउनु भयो।
राष्ट्रिय कृषक समुह महासंघका प्रतिनिधि पुष्पकाजी श्रेष्ठले किटनाशक विषादी, रासायानिक मल आदिको कारणले बालीलाई फाईदापुर्याउने मौरी, किराहरुको मृत्यु हुँदा बालीको परागशेचन नहुदा सम्पूर्ण वाली उत्पादन र यसको परिस्थितिक प्रणालीमा नै असर पर्न जाने हुदा अवको खेतिपाती अर्गानिक तर्फ जानुपर्नेमा जोड दिनु भयो।
राष्ट्रिय कृषक समुह महासंघका सल्लाहकार छविलाल पौडेलले आफनो मन्तब्यमा संसार तथा प्रकृति जगतको पहलेदारमा साना किसानहरु रहेको बताउनु भयो। अहिले संसारको ३० प्रतिशत खेतियोग्य जमिन विग्रेको छ यसलाई सुधारगर्ने बालिमध्ये कोशेबालीले माटो सुधार गर्छ । अहिले भारत लगायतका देशमा कोसेबालीको खेती प्रबद्र्धनमा लागेको बताउनु भयो।
राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठले जैविकविविधता संरक्षणको विषयमा सरकारले ३ बर्ष भयो हामीले पैरवी गर्दैआएको १० बर्ष भएको बताउनु भयो । अघिल्लो आर्थिक बर्षको बजेट निर्माण अघि सम्बन्धित मन्त्रालयमा बाली र जैविकविविधता संरक्षणको विषयमा ज्ञापनपत्र बुझाएको बताउनु भयो। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम देखावटी नारामा मात्र सिमित रहेको हुनाले किसानसम्म पग्ननसक्ने बताउनु भयो।
मौरीजन्य जिवहरु पृथ्वी र पर्यावरणका लागी अति महत्वपूर्ण जिवरहेको र यसलाई संरक्षण गनुपर्ने बताउनुभयो, अध्यक्षले भने रैथानेबाली तथा परम्परागतबालीलाई संरक्षण गर्नुपर्ने नगर्दा हराउदैजाने बताउनु भयो।
जैविक विविधता का साथै सांस्कृतिक विविधतापनि संरक्षण गर्नु आजको आवश्यकता हो यसले लोपोन्मुख जातिको वनजंगलमा आधारीत बस्तु सतथा बालीहरुको जर्गेना गर्नुपर्ने हुन्छ, यी जातीहरु विभीन्न बस्तु उत्पादन गरेर जिवन निर्वाह गरेका हुन्छन उनीहरुको संरक्षणको आवश्यकता रहेको बताउनु भयो।
देशैभरि ६ प्रदेशमा पर्यावरणका लागि कृषि जैविक विविधता कार्यक्रम संचालन भएका छन, पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता संरक्षणमा साना किसानको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भयो।