काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि आज नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ।
निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो।
राष्ट बैंकका अनुसार बुधबार मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। ब्याजदर भने बहुब्याजदमा बोलकबोल माध्यमबाट निर्धारण गरिनेछ।
निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ बहुव्याजदरमा पनि बोलबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ।
आज संकलित निक्षेपको सावा ब्याज भुक्तानी माघ २७ गतेलाई तोकिएको छ। यो निक्षेप संकलन २१ दिनको रहेको छ।
यसअघि बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले निरन्तर रुपमा रिपो उठाउदै आएको छ।