काठमाडौं। मनसुन सुरु भएयता यो वर्ष विपद्का घटनामा पर अहिले सम्म करिव १५० जनाको मृत्यु भएको छ। विपद्का घटना भने एक हजार ५९२ वटा भएका छन्।
जलवायु परिवर्तनको प्रभावको जोखिममा चौथो स्थानमा रहेको नेपाल सबै प्रकारका विपद्का हिसाबमा भने २०औं स्थानमा छ। तर विपद् व्यवस्थापनको पूर्वतयारीका काम नगर्दा नेपालले हरेक वर्ष ठूलो मानवीय र आर्थिक क्षति बेहोरि रहेको छ।
बबई नदीमा गत असारमा आएको बाढीले दाङको घोराही उपमहा नगरपालिकाका किसानहरुको लगाएको बाली नष्ट गयो ।
मनसुनजन्य विपद् काकारण यो वर्षमात्र साना तथा सीमान्तकृत किसान तथा नागरिकको १३ करोड रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ।
विपद्का बेला व्यक्तिको ज्यान जाने घरबारविहीन हुने तथा बालीनाली समेत नष्टहुने गरेकोछ।
सरकारले विपद् आउने बित्तिकै व्यक्तिको खोजी तथा उद्धार र राहतमा बढी ध्यान दिने गरेको छ।
पुनस्स्थापनामा भने अहिले पनि विविध समस्या छन्। यहीकारण नागरिकहरु वर्षौंसम्म घरबार विहीन भएर बस्नु परिरहेको छ। तर विपद्मा नागरिकको बाली नष्ट भएको तथा पेसा-व्यवसायका आधारहरु गुमेको विषयमा भनेत्यति धेरै चर्चाहुने गरेको छैन। जबकि तथ्यांकले हरेकवर्ष करोडौं रकमको क्षति हुने गरेको देखाउँछ। तर यस्तो क्षतिपूर्तिको कतैबाट भर पाइ नभएको बिमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ।
विपद्का कारण विकास पूर्वाधारमा समेत हामीले ठुलो क्षति व्यहोर्नु परेको छ। जेठ २८गते यतामात्र ६ वटा पुल र सयौंठाउँमा सडक बगाएको छ। सडक र पुलमा मात्रै ४० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन रहेको सडक विभागका सहायक प्रवक्ता अमित कुमार शर्माको भनाइ छ।
सरकारले मंगलबार संसद्मा सार्वजनिक गरेको यो वर्षको क्षतिको तथ्यांकमा व्यक्तिगत मृत्यु र विपद्का घटना समेटिएका छन्। जेठअन्तिम साता सुरु भएको मनसुनजन्य विपत्का कारणअहिलेसम्म १३० जनाको मृत्यु भएकोछ।
गृहमन्त्री रमेश लेखकले यो वर्षमात्र एक हजार ५९२ वटा विपद्का घटना भएको संसद्लाई जानकारी दिनुभएकोछ। यी घटनामा ४८जना बेपत्ता हुँदा १४४ जना घाइते भएका छन्। चार हजार भन्दा बढी नागरिक विस्थापित भएको उहाँले जानकारी दिनुभयो।
गृहमन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १०वर्षमा मनसुनजन्य विपद्का आठ हजार ७१६ वटा घटना भएका छन्। ती घटनामा दुई हजार ६७१ जनाको मृत्यु भएको छ भने ६५४ जना बेपत्ता छन्।
८८ हजार ९६२ परिवार प्रभावित भएका छन्। १५ हजार आठसय चारवटा घर पूर्ण क्षति हुँदा ४६ हजार ४४३वटा घरमा आंशिक क्षति भएको छ। एक दशक भित्रै मनसुनजन्य विपद्बाट १८ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।
विपद्को पूर्वतयारी गरेर धनजनको क्षति हुन नदिनु राज्यको पहिलो कर्तव्य हो। तरपनि हरेकवर्ष व्यक्तिको मृत्यु हुने गरेको छभने नागरिकहरु विपद्कै कारण घरबार विहीन हुनुपरि रहेकोछ। अर्कोतर्फ व्यक्तिले ज्यान र घरबार जोगाउन सफल भयोभने पनि उसको बाली लगायत पेसा व्यवसाय र आयस्रोत गुम्ने गरेका घटना पनि उत्तिकै छन्। तर यसको न गणना हुने गरेको छ। नत उनीहरुले उचित क्षतिपूर्ति नै पाउने गरेका छन्।