Index

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

२५ भाद्र २०८३, बिहीबार ०९:१३

काठमाडौं – उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । लामो समयदेखि ग्यास अभाव...

सुन तोलामा दुई हजार चारसय रुपैयाँले र चाँदी ३५ रुपैयाँले घट्यो

२२ भाद्र २०८३, सोमबार ०६:२९

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा दुई हजार चारसय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा...

बाढीपीडितका लागि सुनचाँदी व्यवसायी संघ चितवनको ५ लाख ४४ हजार सहयोग

१९ भाद्र २०८३, शुक्रबार १२:५०

चितवन– नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको २८औँ कार्यसमिति बैठकले बाढीपीडितलाई ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले विभिन्न माध्यमबाट संकलन भएको उक्त रकम बाढीपीडितलाई सहयोगस्वरूप हस्तान्तरण गर्ने...

मुग्लिन सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा दबाब, निगमले उपत्यकामा २५ हजार ५०० सिलिन्डर ल्यायो

१८ भाद्र २०८३, बिहीबार १३:३८

उद्धार हेलिकोप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन, प्रभावित क्षेत्रमा पेट्रोल–डिजेल आपूर्ति पनि जारी काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए पनि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज...

विकास बैंकमा कम ‘पब्लिक फ्लोट’ भएका १० कम्पनी : मूल्यांकन, खराब कर्जा र प्रतिफलको अवस्था कस्तो ?

१५ भाद्र २०८३, सोमबार २३:३६

नारायणी डेभलपमेन्ट बैंकको सार्वजनिक सेयर सबैभन्दा कम, लुम्बिनी विकास बैंकको पी/ई अनुपात न्यून; मितेरीको खराब कर्जा ०.२६ प्रतिशत काठमाडौं। नेपालमा हाल १७ वटा ‘क्लास बी’ विकास बैंक सञ्चालनमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी विकास बैंकमध्ये सार्वजनिक लगानीकर्ताको हातमा...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब १६ करोडमा सीमित

५ भाद्र २०८३, शुक्रबार १८:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से १०.६७ अंक अर्थात् ०.४० प्रतिशतले घटेर २,६१८.७२ विन्दुमा बन्द भएको हो। यसअघि अघिल्लो कारोबार दिन नेप्से ७.१७ अंकले बढेको थियो। बिहीबार बजार २,६२६.०७...

श्रावणमा चालिस लाख सिलिन्डर ग्याँस आयात, बजारमा विस्तारै सहज हुने अपेक्षा

४ भाद्र २०८३, बिहीबार ०९:१०

काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्याँसको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्याँसको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।...

शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान

१८ श्रावण २०८३, सोमबार ०९:२५

काठमाडौं। कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने नाराका साथ राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते...

मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’ मा‘इनोभिजन’ले जित्यो उपाधि, ‘सेन्टिनाज’ बन्यो रनरअप

१८ श्रावण २०८३, सोमबार ०९:२०

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट...

ताजा समाचार